सुबास दर्नाल –
सोलुखुम्बु : नेचासल्यान गाउँपालिका २ सल्यानको कुमाल गाउँको एक घरमा आगोलागी भएको छ । लक्ष्मी पुजाको लागी बालिएको दियोबाट सल्किएको आगोले स्थानीय रुपा नेवारको रु.६ लाख बराबरको क्षति भएको छ ।
आईतबार साँझ लक्ष्मी पुजाका लागि कोठामा बालिएको दियोबाट आगो सल्कदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक डिएसपी नारयण प्रसाद चिमोरीयाले जानकारी दिनभयो । आगोलागीबाट लक्ष्मी पुजाका लागी राखिएको नगद एक लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसा सहित कोठा भित्र रहेको सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुजाकोठाबाट सुरु भएको आगोले नेवारको ढुंगा माटोले बनेको ३ तलेर घरको पुजाकाठा जलेर नष्ट भएको छ । साझँ ७ः४५ बजेबाट सुरु भएको आगो राती ९ः३० बजे स्थानिय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाँहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठुलो क्षति हुनबाट जोगिएको स्थानियले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालीका २ का वडा सदस्य समेत हुनुहुन्छ ।
एक हप्तामा करोड बढी क्षती ।
पछिल्लो एक हप्तामानै जिल्लाको तीन ठाउँमा आगोलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिकाको वडा नम्बर १ का चन्द्रप्रकाश कोईरलाको तीन तले घरमा आगोलागी भएको थियो । यस्तै कात्तिक ७ गते सोलुदुधकुण्ड नगरपालिका ११ को गन्जेडाडाका खड्गबहादुर खड्काको घरमा आगोलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा रु.९८ लाख र गन्जेडाँडामा रु.८५ लाख बराबरको क्षती भएको छ ।