अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भनेः प्रचण्डसँग दूरी बढेको छैन

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ ।

कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएका प्रधानमन्त्री ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमण फलदायी भएको बताउनुभयो । पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्न उहाँले दूरी नबढेको र बढ्ने सम्भावना पनि नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओली गत बिहीबार पत्नी राधिका शाक्यसँगै प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै बाकु प्रस्थान गर्नुभएको थियो ।

सम्मेलनको दौरानमा उहाँले विभिन्न सत्रहरूमा सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार