हुम्लाका पत्रकारलाई सोलुखुम्बुबाट आर्थिक सहयोग

सरिता राई
काठमाडौ : मस्तिष्कघात पिडित पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहरालाई सोलुखुम्बुमा संकलन गरिएको सहयोग रकम प्रदान गरिएको छ । सोलु एफ.एमका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष भोजराज कार्कीको पहलमा संकलन गरिएकाे रु.२० हजार ५ सय ५ रुपैँया साेमबार हस्तान्तरण गरिएको हो ।

उपचाररत पत्रकार बोहोराका दाजु विष्णु बोहारालाई अस्पतालमै पुगेर रकम हस्तान्तरण गरिएको स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो । सोलुखुम्बुबाट चुडामणी खतिवडाले १० हजार, म्यानेजर भोजराज कार्कीले ५ हजार, सोलु दुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले २ हजार, सोलु एफ.एम महाकुलुङ सहकर्मी तरा कुलुङबाट १ हजार ५ सय, साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले १ हजार, प्रमुख अनुसन्धान अधिकृति रामबाबु चौधरीले ५ सय ५ रुपैँया र स्थानिय व्यवसायि भानुभक्त उपाध्यायले ५ सय रुपैँया गरि २०,५०५ हस्तान्तरण गरिएको कार्कीले जानकारी दिनुभयो ।

मस्तिष्क घातबाट पिडित बोहोराको उपचारमा अहिले दैनिक २५–३० हजार खर्च लाग्ने गरेको उहाँका दाजु विष्णु बोहाराले बताउँनुभयो । सबै तिरबाट सहयोग प्राप्त भइरहेको र स्वाथ्यमा पनि सुधार भइरहेकाले भाई निको हुनेमा आफु आशाबादी भएको विष्णुको भनाई छ । सहयाेग रकम बुझ्दै उहाँले सहयाेगि सबैलाई धन्यवाद दिनुभयो । यता सहयोगी कार्कीले अन्यव्यक्तिबाट पनि सहयाेगकाे प्रतिबद्धता आइरहेको जानकारी गराउँदै थप सहयाेग गर्ने बताउँनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार