थुलुङदुधकोशी गाउँपालिकाको नाममा १७.५ राेपनि जग्गा रजिस्टेसन

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ । स्थानिय समाजसेवी एकाबहादुर गुरुङले यस अघिको प्रतिबद्धता अनुसार गाउँपालिकालाइ उक्त जग्गा रजिस्टेसन गरि गरिदिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अबीलाल राईले जानकारी दिनुभयो ।

अधिकृत राईका अनुसार करिब रु.८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भनव निर्माण गर्नेबेला मौखिक रुपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिस्टेसन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । स्थानिय समाजसेवी एकाबहादुर गुरुङले १७.५ रोपनी जग्गा सोमबार कानुनी रुपमा पालीकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताउँनुभयो । सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाई छ ।

“म समाजको एक सदस्य हुँ, म धनी हुनु एक जना ब्याक्ति धनी हुनु हो तर पालीका धनी हुनु भनेको सिङ्गो गाउँपालिका धनी हुनु हो ।” समाजसेवी जग्गादाता गुरुङले भन्नुभयो, “त्यसैले मैले मेरो नाममा भएको जग्गा निशुल्क गाउँपालीकालाई दान गरेको हँु, यसमा म अत्यन्तै खुसी छु । समाजको लागी योगदान गर्ने अवसर गाउँपालीकाले पनि मलाई उपलब्ध गरायो । मैले मेरो जग्गा बढि भएर सहयोग गरेको हैन, यसले समाजको लागी केही टेवा पुग्ने भएकाले दिएको हो ।”

गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक बर्ष अघिनै पालीकाको सुविधा सम्पन्न भवन समेत निर्माण भईसकेको छ । यस अघि गाउँपालिकाले ब्याक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोप समेत लागेको थियो । आफुहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गा दाता एक बहादुरका छोरा जीवन गुरुङले गुनासो गर्नुभयो ।

एका बहादुरका माईला छोरा बलराम गुरुङले सबै परिवारको सल्लाह अनुसार जग्गा दान गर्ने भनेअनुसार पास गरिदिएको बताउँनुभयो । “गाउँको बिकासमा अरुलाई पनि लाग्ने हौसला मिलोस भनेर हाम्रो घरबारीनै गाउँपालिकालाई दियौ, हामी संग धेरै सम्पत्ति भएर होईन सामाजीक भावानाले दिएका हौ ।” गुरुङले भन्नुभयो, “सबैले सकेको सहयोग गर्दै केही कम्जोरी हुन खोजेमा सकरात्मक सुझाव दिने हो भने सम्बृद्धि टाढा छैन, हामी सबैको भावना र सोचाई एउटै हुन आवश्यक छ ।”

जग्गादाता एकाबहादुर गुरुङलाई मालपोत कार्यालयमा खादासहित धन्यवाद दिदै गाउँपालिका अध्यक्ष असिम राई ।

यता गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको विकासबाट छटपटिएकाहरुले भ्रम फैलाउने काम गरेको आरोप लगाउँनुभयो । जिल्लाको स्थानिय तहहरु मध्ये थुलुङदुधकोशी गाउँपालिका सुविधा सम्पन्न भवन बनाउने पहिलो गाउँपालिका भएको दावी गर्दै सिमित ब्याक्तिले फैलाएको भ्रमले पालिकाको विकासमा कुनै बाधा नपर्ने जिकिर गर्नुभयो । “गाउँपालिकाले जग्गा पास नगरि भवन बनायो भनेर चिन्ता व्यक्त गरेजस्तो गर्दै भ्रम फैलाउन खोज्ने बिकास विरोधिले अब जग्गा पास भएपछि कत्तिको खुसियालीका साथ जग्गा दाता र गाउँँपालिकालाइ धन्यवाद दिन्छन् हेरौ ।” उहाँले भन्नुभयो ।

जग्गादाता एकाबहादुर गरुङ उहाँका छोराहरु टीका गुरुङ, बलराम गुरुङ र जीवन गुरुङ सहित सम्पूर्ण परिवारलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत अविलाल राईले जिल्लाको इतिहासमा ठुलो उपलब्धि यस अघिनै हासिल भएको थियो यसले आजदेखि कनुनीरुपमा मान्यता पाएको भन्दै सहयोगिलाई धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार