काठमाडौं: हिन्दूहरुको दोस्रो ठूलो चाड हो, तिहार फूलैफूलको चाडका रुपमा पनि लिइने तिहारमा मखमली र सयपत्री फूल अत्यधिक हुने गर्छ ।पुष्प व्यवसायीले झिलिमिली पर्व तिहारमा विदेशबाट अढाइ लाख सयपत्री माला आयात गर्दछन ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले स्वदेशी फुलले नधान्ने भएपछि अन्य मुलुकबाट अढाई लाख सयपत्रीका माला आयात गर्ने तयारी रहेको बताए । नेपालमा वार्षिक करिब अढाई अर्बको फुलको कारोबार हुने गरेको छ।
माग बर्षेनी बढिरहेको छ। मुलुकभरी १० देखि १२ प्रतिशतले फुलको कारोबार बढ्दै गएको श्रेष्ठले बताए। गत वर्ष मुलुक भरी दुई अर्व ४२ करोड रुपैयाँ बराबरको फुलको कारोबार भएको थियो। यस वर्ष तिहारमा मात्रै २५ करोड रुपैयाँ बराबरको फुलको कारोबार हुने अनुमान एशोसिएसनको छ। गत वर्ष करिब २० करोड रुपैयाँको कारोबार भएको श्रेष्ठले बताए। यही तथ्याङ्कको आधारमा यस वर्ष २५ करोडको कारोबार हुने अनुमान गरिएको हो।