देउसा–वाकु जोड्ने दुधकोशी नदिमा मोटरेवल पुल बन्दै, चाडै टेण्डर हुँने

सोलुखुम्बु : जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ७ जोड्ने दुधकोशी नदि स्थीत कायघाटमा मोटरेवल पुल निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार सम्पन्न कार्यपालिका बैठकले जिल्लाकै अति दुर्गम मानिएको वाकु जोड्ने पुलको लागि टेण्डर आवहन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

एक बर्ष भित्र काम सक्ने गरि पक्रिया अगाडी बढाईने अध्यक्ष राईको भनाई छ । चालु आर्थिक वर्ष २०७६÷०७७ बाट खर्च गर्ने गरि गाउँपालिकाले रु. २ करोड बजेट समेत विनियोजन गरिसकेको छ । गाउँपालिकाले यो बर्ष जुभिङ स्थीत ओेर्लाङघाटमा पनि पुल निर्माण गर्ने गरि बजेट व्यवस्था गरेको छ । डिपिआर अनुसार खर्च लागत निस्कने भएपनि प्रक्रिया अगाडी बढाउँन गाउँपालिकालेनै बजेट व्यवस्था गरेको गाउँपालिका उपप्रमुख जुनितामाया मगरले जानकारी दिईन् । गाउँपालिकाले बिनियोजन गरेको बजेटले योजना सम्पन्न नुहँने भएपनि बाँकी श्रोत जुटाएर योजना सम्पन्न गर्ने योजनामा गाउँपालिका रहेको बताईएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ र ७ टाँपुको रुपमा रहेको छ । गाउँपालिका केन्द्र र थुलुङदुधकोशी ८ देउसा तर्फ दुधकोशी नदि छ भने सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका तर्फ इङ्खु खोला रहेको छ । तर यो दुवै वडामा गत बर्षनै सडक पुगीसकेको छ । गाउँपालिकाले सडक विस्तार गरेसंगै यहाँका नागरिक हर्षित हुँदै पुल निर्माण हुनुपर्ने माग राख्दै आएका थिए ।

उक्त दुधकोशी नदिमा हिउँदमा ह्युमपाईप राखेर सवारी सञ्चालन गरेको गाउँपालिकाले आगामी बर्ष देखी बाह्रै महिना सवारी सञ्चालन गरि जनतालाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

दुई महिना भित्र वडा केन्द्र टुङ्ग्याउँनुपर्ने ।
स्थानीय तहको निर्वाचन भएको करिब ३ बर्ष पुग्न लाग्दा समेत यस गाउँपालिकाको तीन वटा वडाको केन्द्र निर्धारण गरिएको छैन । गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को वडा केन्द्र औपचारीक रुपमा नटुङ्गीएकाले दुई महिना भित्र टुङ्ग्याउँनुपर्ने पनि सोही कार्यपालिका बैठकले निर्णय गरेको छ । वडा नम्बर ७ को वडा कार्यालय वडा अध्यक्षकै घर भाडामा लिएर सञ्चालन भएको छ भने वडा नम्बर वडा नम्बर ५ को मोरल मा यो बर्ष देखी एकाबहादुर तामाङको घर भाडामा लिएर सञ्चालन गरिएको छ । अघिल्लो बर्ष सम्म वडा अध्यक्षकै घरबाट कार्यालय सञ्चालन गरिएको थियो भने सम्पर्क कार्यालय सल्लेरीमा रहेको वडा अध्यक्षको घरमा राखिएको छ । जसबाट सदरमुकाम आउँने सेवा ग्राहीलाई सहज सेवा दिनसकिएको वडा अध्यक्ष निमराज तामाङले जानकारी दिए ।

निर्वाचित वडा समिति समिति एक मत नहुँदा वडा केन्द्र तोक्न नसकिएको तामाङको भनाई छ । सामुदायिक हिसाबले वडा केन्द्र राख्नुपर्ने माग भएपछि केन्द्र तोक्न नसकिएको तामाङले बताए । साविक काँकु, बासा र वाकु गाविसलाई दुई वटा वडामा विभाजन गरिएको छ ।
गाउँपालिका प्रबक्तामा मगर ।

लामो समयदेखि रिक्त रहेको गाउँपालिकाको प्रवक्ता पदपूर्ति गरिएको छ । तत्कालिन प्रवक्ता निमराज तामाङले राजिनामा दिएपछि खाली रहेकोमा मंगलबारको कार्यपालिका बैडकले वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर मगर (असारमान)लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार