मध्यपहाडी लोकमार्गको निर्माणाधिन पुल अलपत्र


रामधन राई

खोटाङ : मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको पंखु खोलास्थित मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको हो ।

निर्माणको ठेक्का लिने सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर्षदेखि सो पुल अलपत्र परेको छ । २०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हाल दुईतर्फको पिलर मात्र ठड्याएको छ ।

२ करोड २९ लाखमा पूरा गर्नेगरी २०७२ साल असोज ७ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले करीब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको मध्यपहाडी सडक आयोजना पुर्वी खण्डका ईन्जिनियर दिपक खड्काले बताउनुभयो ।

पुल निर्माणको काम अलपत्र परेपछि १५ दिने सूचना प्रकाशित गरेपछि बल्ल ठेकेदार सम्पर्कमा आएको ईन्जिनियर खड्काको भनाई छ ।
सूचना प्रकाशित गरेपछि ठेकेदार कम्पनीले प्रतिनिधिका रुपमा हरिनारायण देवकोटालाई केही हप्ताअघि निर्माणस्थलमा पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार