दुधकोशी सामुदायिक अस्पताल निर्माणको जिम्मा रौता जेभिलाई

सरिता राई-
काठमान्डौ : थुलुङदुधकोशीको मुक्लिमा स्थापना हुने दुधकोशी सामुदायिक अस्पतालको भवन निर्माणको जिम्मा रौता कुवर जेभिले पाएको छ । अस्पताल निमार्णका लागी डिपिआरको आधारमा ४ वटा निर्माण कम्पनीहरुले बीड डकुमेन्ट्स खरिद गरेकोमा रौता कुवर जेभीले निर्माणको जिम्मा पाएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

प्राविधिक मुल्यांकनमा पास भएका सिइ कन्ट्रक्सन र रौता कुवर दवैको आर्थिक प्रस्ताव खोल्दा रौताकुँवर जेभीले उक्त टेण्डर हात पारेको हो । अस्पतालको सबै प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३ बमोजिम स्वतन्त्र छनौट समिति बनाइएको थियो । उक्त समितिको सिफारिसमा उपसमिति सम्योजक तथा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङको समितिबाट यो प्रक्रिया टुंगोमा पु¥याईएको हो ।

१८ महिना भित्र अस्पताल भवन निर्माणका लागि योग्यता पुगेका कम्पनिलाई भदौ ६ गते प्रस्ताव पेश गर्न गाउँपालिकाले सार्वजानिक सुचना समेत जारी गरेको थियो । जसमा रौताकुँवर जेभिले १० करोड १० लाख ७२ हजार ७ सय ५३ मा निमार्ण सक्ने भनी प्रस्ताव पेश गरेको थियो ।

अध्यक्ष राईको चेतावनी : बिचैमा छाडेर जान र म्याद थप गर्न पाईदैन ।
सर्वसाधरण गरिब जनताको गाँस काटेर जम्मा भएको रकमले अस्पताल निर्माण हुनगईरहेकाले योजना सम्झौता गरेर बीचैमा नछाडन समेत गाउँपालिका अध्यक्ष राईले कम्पनीलाई आग्रह गर्नुभएको छ ।

विभिन्न योजना सञ्चालन गरेजस्तो समय थप गर्ने या बीचैमा छाडेर जानेलाई कुनैपनि हालतमा नछाडीने उहाँको चेतावनी छ । गाउँपालिकाको गौरवको योजना अन्तर्गत निर्माण हुन लागेको अस्पतालको डिपिआर तयार गर्न ६ महिना लागेको गाउँपालिकाले जनाएको छ ।

अस्पताल निर्माण हुनेभएपछि सोलुखुम्बुबासी हर्षित भएका छन् । अस्पताल निर्माणका लागि सहयोगार्थ महायज्ञ समेत आयोजना गरिएको थियो । उक्त महायज्ञको उद्घाटनमा उपप्रधान तथा रक्ष मन्त्री इश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई सहितको उपस्थिति रहेको थियो । सोही बेला उक्त भवनको समेत सिलान्यस गरिएको थियो । २० करोड रकम जम्मा गर्ने लक्ष्यका साथ महायज्ञको आयोजना गरेको गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने भन्दै देश विदेशबाट सहयोग संकलन गरिरहेको छ । स्वास्थ्य क्षेत्रका प्यासीहरुले आफ्नो गाँस काटेर सहयोग गरेको निर्माण समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

गलत प्रचारको खण्डण कामबाटै
यस अघि केही सञ्चार माध्यममा अस्पताल निमार्णको कुनै प्रक्रिया अगाडी बढाईएको छैन भन्ने समाचार समेत प्रकाशन भएको थियो । गाउँपालिकाको बिकास देखेर गलत प्रचार गर्नेहरुको लागि यो उदारण र प्रमाण भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाको स्वामीत्वमा हुने गरि निर्माण गर्न लागेको उक्त अस्पतालको लागि करिब २२ रोपनी निशुल्क जग्गा समेत प्राप्त भईसकेको छ । ती मध्ये करिब १५ रोपनी जग्गा रिजिष्टेशन भईसकेको छ भने केही जग्गा चाडै रजिष्टेशन गर्ने गरि करार गरिएको छ । रजिष्टेशन गरिएको जग्गा समेत पहिरोलो पुरिसकेको भन्ने प्रचार भएपछि जग्गा दाता गोरे राई समेत रुष्ट बन्दै बिकास बिरोधी नभई सहयोगी बन्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार