सगरमाथाको उचाई चीन र नेपालले संयुक्तरुपमा घोषणा गर्ने

काठमान्डौ : सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने नेपाल र चीनबीच सहमती भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय भ्रमणको अन्तिममा जारी गरिएको संयुक्त बक्तव्यमा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमती भएको हो ।

सीको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा सगरमाथा दुई देशको मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ । मापनको काम सकेको नेपालले सगरमाथाको उचाई सार्वजाकि गर्ने तयारीमा जुटेको छ । चिनियाँले सगरमाथालाई झोमोलोङ्गमा भन्ने गर्छन् । यसको उचाई ८८४८ मटिर उल्लेख गरिदै आएको छ । २०७२ सालको भुकम्प लगाएतको कारण यसको उचाईमा केही थपघट हुनसक्ने टिक्काटिप्पनी भएपछि नेपाल आफैले यसको उचाई मापन गरेको हो । नापी विभागले उचाई मापनको काम गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार