चिनियाँ राष्ट्रपति सिलाई रात्रिभोज : सोलु लुक्लाको सिमि देखी गुल्मिको कफि सम्म

काठमान्डौ : दुई दिने राजकीय नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवि भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् । सि सहित चिनियाँ उच्चपदस्त व्यक्तिहरु रहने सोल्टी होटलमा आयोजित रात्रिभोजमा नेपाली परीकारलाई मेन्युमा राखिएको छ ।

मेन्यु अनुसार चिनियाँ राष्ट्रपतिसहितको टोलीका लागि साँधेको भटमास र सोलुखुम्बुस्थित लुक्लाको सिमीको परिकार पस्किएको थियो । यस्तै क्वाँटी र कुरिलोको सुपसहितका परिकारको बन्दोबस्त गरिएको हो । सीलाई पस्कने खानमा नेवारी बारा, मोमो, गुल्मीको कफी र इलामको चिया पनि उपलब्ध थियो । चिया र कफी रात्रिभोजको अन्तिममा दिने व्यवस्था गरिएको हो ।

रात्रीभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभिन्न दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु समेत सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार