भेटिएकी महिलाको आफन्तले सम्पर्क नगर्दा समस्या

सरिता राई-
सोलुखुम्बु : थुलुङदुधकोशी १ नेलेमा बेबारिसे अवस्थामा फेला परेकी चन्द्रकला राई अलपत्र परेकी छिन । १० दिन बित्दा समेत उनको कोही पनि आफन्त सम्र्पकमा नआएको स्थानिय धनकुमारी बस्नेतले बताईन् ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालीका १ नेलेको धनेश्वर भिरको ओडारमा असोज १५ गते स्थानियले भेटेका अन्दाजी ५० बर्षिय चन्द्रकला राई नाम बताउने महिलाको आफन्त नआउदा समस्या भएको स्थानियको भनाई छ ।

मानसिक सन्तुलन गुमाएको जस्तो देखिने ति महिलाले बाबुको नाम सार्कीधन र आमाको नाम असारमाया राई बताएको स्थानीय मुना खड्काले बताईन् । ठेगाना समेत राम्रोसगँ बताउन नसक्ने र छिनछिनमा कुरा फेरि रहने ति महिला हाल स्थानिय घन कुमारी बस्नेतको घरमा राखिएको छ । बेबारिसे अवस्थामा भेटिएकी महिलाका आफन्तले ९८१६०६७४३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार