ओखलढुंगा : हिमाली मछिनो उद्योगमा कच्चा पदार्थ अभाव हुनथालेपछि कार्यरत कामदार ट्रेकिङ तर्फ प्रस्थान गरेका छन् । ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका वडा नम्बर ५ का सञ्चालित उक्त उद्योग कच्चा पदार्थको अभावमा बन्द हुने अवस्था भएपछि कामदारहरु अन्य रोजगारीको खोजीमा लागेका हुन् ।
स्थानियहरुको रोजगारीको माध्यम बनेको मछिनो उद्योग अब ६ महिना सम्म बन्द रहने सञ्चालक पेमा रिञ्जी शेर्पाले बताए । मछिनोको सिजन सुरु नभए सम्म स्थानियहरु ट्रेकिङ व्यवसायमा लाग्ने र पर्यटन सिजन सकेपछि खेति किसान गर्ने उद्योगका कामदार लाक्पा शेर्पाले बताए ।
करिव ३ महिना देखि संचालन भएको मछिनो उद्योगबाट ३ महिना महिनामा ३ सय लिटर तेल उत्पादन गरेको सञ्चालक पेमार रिन्जी शेर्पाको भनाई छ । अव मंसिर महिना देखि मछिनो सम्बन्धित बजार सम्म पुर्याउने उनले बताए । मछिनोको सिजन बैसाख अन्तिम देखि सुरु हुने समेत बताए ।