सोलुखुम्बु : रामेछापबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ल उडेको सीता एयरको बिमानको इन्जिन भित्र चरा पसेको छ । शनिबार बिहान ८ः३० बजे मन्थलीबाट लुक्लाको लागि उडान भरेको टुइनअट्टर बिमानको इन्जिन भित्रै चरा पसेको रामेछाप बिमानस्थलका प्रमुख अमित चौरसियाले जानकारी दिए ।
उड्ने तयारीमा रहेको बिमान धावन मार्गको करिब ७५ प्रतिशत भाग पारगरेपछि चरा ठोक्किएको र फरक आवाज आएको बिमानस्थल कार्यालयले जनाएको छ । चालक दललाई चरा ठोक्किएको बिषयमा तत्काल जानकारी भएकाले सोही बिमानस्थलमा आकस्मिक अवतरण गराइएको बिमानस्थल प्रमुख चौरसियाले जानकारी दिए ।
तीन जना चालक दलका सदस्य सहित १३ जना विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९ एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ । यसरी बिमानको इन्जिन भित्रै चरा पसेपनि सकुशल अवतरण गराईएकाले यसलाई सामान्य रुपमा लिईने बिमानस्थल कार्यालयले जनाएको छ । उनका अहिले उक्त बिमान रामेछापमै बसेको छ ।
यहि असोज १४ गते देखी २ महिनाको लागि मन्थली बिमानस्थलबाट लुक्ला उडान हुनथालेको छ । पर्यटकिय सिजनमा उक्त बिमानस्थल प्रयोग गरिदै आएको उक्त बिमानस्थलबाट लुक्लाका लागि दैनिक ४० वटा सम्म उडान हुनेगरेको बिमानस्थल प्रमुख चौरसियाले जानकारी दिए ।