चिनियाँ राष्ट्रपति सि नेपाल आईपुगे, यस्तो छ दुईदिने कार्यतालिका

काठमान्डौ : दुईदिने राजकिय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि जिनफिङ काठमान्डौ आईपुगेका छन् । सि दुई दिने नेपाल भ्रमणका लागि भारतको चेन्नाई हुदै शनिबार अपराह्न ५ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल आईपुगेका हुन् ।

सिलाई समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वगत गरिन् । निर्धारित समय अगाडीनै आईपुगेका सिलाई स्वागत गर्न राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रि केपी शर्मा ओली सहित अन्य मन्त्रि बिमानस्थल पुगेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकरीले सलामी समेत अर्पण गरेको छ । सि बिमानस्थलबाट सोझै सोल्टी होटल प्रस्थान गरेका छन् भने शनिबार साझ ६ बजे राष्ट्रपति भवन सितल निवास जाने कार्यतालिका छ ।

यस्तै सिले ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारी संग भेटवार्ता गर्ने र साल्टी होटल फर्कने र पहिलो राजनितिक भेट साझ ७ः७० मा पुर्वप्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति सेरबहादुर देउवा संग गर्नेछन् । यस्तै आईतबार बिहान साढे १० बजे पुर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)संग भेटवार्ता गरि साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवर्ता तथा द्धिपक्षिय सम्झौता गर्ने कार्यतालिका छ । सि भोलि (आईतबार) दिउँसो १ बजे स्वदेश फिर्ता हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार