चिनियाँ राष्ट्रपति नेपाल प्रस्थान

काठमाडौ : चीनका राष्ट्रपति भारतको चेन्नइबाट नेपाल प्रस्थान गरेका छन् ।दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो प्रस्थान गरेको भारतीय समाचार एजेन्सी एएनआइले लेखेको छ।

समाचार एजेन्सीका अनुसार भारतको अनौपचारिक भ्रमण सकेर सी काठमाडौं प्रस्थान गरेका हुन् । उनी अपराह्न ५ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपति भन्डारीले स्वागत गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सिलाइ नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । जहाँ सैनिकको एक टुकडीले सलामी अर्पण गर्नेछ। सी राजधानीको सोल्टी होटलमा बस्नेछ्न । उनले आजै ६: ३० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग छलफल गर्ने कार्यतालिका छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार