सरिता राई-
काठमाडौ : आगामी शनिबार चिनियाँ राष्ट्रपति सि जिन्फिङ नेपाल भ्रमणका लागि काठमाडौ आउँदै छन् । २२ बर्ष पछी चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेपछि सरकारले समेत तयारिलाइ तीव्रता दिएको छ । रङरोगन देखि अन्य चौतर्फी तयारिलाइ तीव्रता दिएको सरकारले जनाएको छ ।
यतिबेला काठमाडौको एयरपोर्ट, तिनकुने, बानेश्वर, संसद भवन र रत्नपार्क लगाएतको क्षेत्र बेहुली झै श्रिङ्गारिएको छ । तस्बिर राख्ने देखि सडक वरिपरि बृक्षरोपन सम्मको काम गरिएको छ ।