चिनियाँ राष्ट्रपती सीको नेपाल भ्रमण तालिका सार्बजनिक

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल भ्रमणको लागि काठमाडौ आउनेभएका छ्न । परराष्ट्र मन्त्रालयले (बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सी असोज २५ गते काठमाडौं आउने जानकारी दिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनले २५ र २६ गते नेपाल भ्रमण गर्ने कार्यतालिका छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले नेपाली राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेकार्यतालिका छ ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेपछि कुनैपनि चिनियाँ राष्ट्रपतिले नेपालकाे भ्रमण गरेका छैनन् ।

गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार