थुलुङदुधकोशीमा डिप्लोमा इन प्लान्ट साइन्स पढाइ हुने, इञ्जिनीयरिङ तर्फ फारम खुल्यो

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका ९ लोखीमको एक विद्यालयमा डिप्लोमा इन प्लान्ट साइन्स पढाइ हुने भएको छ । जनता माध्यमिक बिद्यालयमा उक्त कक्षा सञ्चालनको लागि सिटिइभिटिले मान्यता दिएसगै यस बर्षबाट पढाइ हुने भएको हो ।

कक्षा सञ्चालनको लागि विद्यालयले असोज १६ गते अनुमति प्राप्त गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । यो बर्ष ४० जनाको कोटामा पढाई हुने विद्यालयले जनाएको छ । एसइइ दिएका विद्यार्थीले सहभागी हुनपाउँने गरि इन्ट्रान्सका लागी दशैतिहार पछि सुचना प्रकाशन गरिने प्रधानाध्यापक हस्त बहादुर राइले बताउँनुभयो ।

सिभिल इञ्जिनीयरिङका लागि पुनः इन्ट्रान्स परीक्षा हुने
शैक्षिक सुधारको बर्षको रुपमा गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरि काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
यस्तै सिभिल इञ्जिनीयरिङको कक्षा समेत यसै बर्षदेखी गाउँपालिका केन्द्र मुक्लिामा सञ्चालन हुँदै छ । प्राविधिक शिक्षालयले यस अघिनै इन्ट्रान्स लिईसकेकाले गाउँपालिका सहित आसपासको विद्यार्थीले अध्ययन गर्न नपाउँने चिन्ता भएपनि बारम्बारको पहल र अनुरोध पछि पुनः इन्ट्रान्स परीक्षा हुने भएको अध्यक्ष राईले सुनाए । जसको लागि गार्खापत्र दैनिकमा सुचना समेत जारी भएकाले कात्तिम ३ गते भित्र इच्छुक विद्यार्थीले फारम भर्न सकिने व्यबस्था रहेको भन्दै अध्यक्ष राईले गाउँपालिका शिक्षा शाखाबाट फारम बुझि लाभ लिन सबैलाई आग्रह गरे ।

“यस अघि हामीले अनुमति पाउँनु भन्दा पहिलानै इन्ट्रान्स परीक्षा भएकाले हाम्रो गाउँका नानीहरुले पढ्न नपाउँने भए भन्ने चिन्ता थियो भने गुनासो पनि सुन्नु परेको थियो ।” अध्यक्ष राईले भने, “अब भने सस्तो शुल्कमा गाउँको ढिँडो, रोटी खादै यो बर्षदेखीनै इन्जीनियर बनाउँन पाईने भईयो यो हामी सबैको लागि खुसीको कुरा हो ।”

शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त गाउँपालिकामा ४८ सिटका लागि उक्त कक्षा सञ्चालन गर्न स्वीकृति दिएको थियो । कक्षा सञ्चालन गर्न गाउँसभाबाट चालु आर्थिक वर्षमा रु.५० लाख बजेटसमेत विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । उहाँका अनुसार सोही प्रयोजनका लागि रु ७५ लाखको लागतमा दुई तले भवनसमेत निर्माण सम्पन्न भइसकेको छ भने प्राचार्य नियुक्तको प्रक्रिया समेत सकिएको छ ।

अध्ययनका लागि सोलुखुम्बुसहित खोटाङ र ओखलढुङ्गा जिल्लाका विद्यार्थी पढ्न पाउँने हुँदा यस क्षेत्रका नागरिक हर्षित भएका छन् । यहाँबाट एसईइ परीक्षा दिएपछि इञ्जिनीयरिङ अध्ययनका लागि दोलखा, इटहरी, काठमाडाँैलगायत क्षेत्रमा लाखांै खर्च गरेर जानुपर्ने बाध्यता अन्त्य हुनेभएको भन्दै पहल गर्ने गाउँपालिका अध्यक्ष सहित सबैलाई धन्यवाद समेत दिएका छन् ।

सफलता र उपलब्धीको चर्चा गर्न कन्ज्युस्याई गर्न हुदैन : स्थानीय
थुलुङदुधकोशी ८ का सुबास बस्नेतले माथिल्लो सगरमाथाको जिल्ला मध्ये बिकट गाउँ मुक्लिमा इञ्जिनीयरिङ कक्षा सञ्चालन हुनु संघियताको अभ्यासमा सफल हुनु बताए । पछिल्लो समय गाएँपालिकाको बिषयमा भ्रम छर्ने गरि समाचार प्रकाशन भएको प्रति दुःख व्यक्त गर्दै उनले गाउँमा भएको सफलता र उपलब्धीको चर्चा गर्न कन्ज्युस्याई गर्न नुहने बताए ।

यस्तै जुबुका ओमभक्त थुलुङले गाउँपालिकाको बिषयमा विभिन्न खोट निकाल्दै बिरोधका लागि बिरोध गर्ने परिपाटीको अन्त्य नभएसम्म बिकासले गति लिन नसक्ने बताए । उनले गाउँको बिकासमा जनताको चित्त बुझेको भएपनि केही नेता र पत्रकारलाई चित्त नबुझ्दा भ्रम सृजना गर्न खोजेको बताए । गाउँपालिकाको गाडी खरिद, पालिका भवन निर्माणको बिषयमा केही सञ्चार माध्यमले अनुमानको भरमा समाचार सम्प्रेशन गरेको वडा नम्बर ९ का लाखधन राईको दावी छ । सम्पुर्ण कार्यको प्रमाण पेश गर्दा समेत पुनः बदनाम गर्ने गरि समाचार प्रकाशन गरिनु नियत सफा नभएको उनको दावी छ ।

यस बिषयमा गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो कार्यकालमा हुने बिकास देखेर सबै जलेको प्रतिक्रिया दिए । थुलुङदुधकोशीको बिकासले अन्य व्यक्तिको राजनिति समेत समाप्त हुने डरले भ्रम फैलाउन खोजेको भएपनि बास्तबीकता बुझ्न स्थलगत अध्ययन गर्न आग्रह गर्दै यी यस्ता समाचारले थप बिकासमा अगाडी बढ्ने उर्जा प्राप्त हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार