उदयपुगढीका कृषक रुद्राक्ष खेतीतर्फ आकर्षित

उदयपुर : पछिल्लो समय उदयपुरका कृषकको रोजाईमा रुद्रक्ष पनि पर्न थालेको छ । उदयपुरगढी गाउँपालिकाका कृषक रुद्राक्ष खेती तर्फ आकर्षत बनेका छन् । करिब ५ बर्षे रुद्राक्षले राम्रै आम्दानी दिनथालेपछि कृषकहरु यस तर्फ आकर्षित बनेका हुन् । धेरै मेहिनत गर्नु नपर्ने तर छोेटो समयमा राम्रो आम्दानी हुने भएकाले यस खेति तर्फ लागेको उदयपुरगढीका कृषक मिनबहादुर मगरको भनाइ छ ।

परम्परागत खेतीबाट निरास बनेका कृषक चेतबहादुर मगरले पनि गत साल देखि नै रुद्रक्षबाट राम्रै आम्दानी लिएको बताउँछन् । मगरले भने, “परम्पारगत खेतीबाट आम्दानी लिन नसकिरहेको बेला रुद्राक्ष बिकल्पको रुपमा लिएर लगायौ, अहिले राम्रै आम्दानी भईरहेको छ ।”
गाउँमा स्थापना भएको समुदायिक संस्थाबाट कृषकले विरुवा रोप्न सुरु गरेको बताउँछन् । २ बोट बाट सुरु गरेको स्थानीय कृषक अम्बर बहादुर मगरले अहिले आफुसंग भएको सबै जग्गामा रुद्राक्ष लगाएको बताउँछन् । अधिकांश युवा बिदेश पलायन भएको बेला आधुनिक खेती प्रणालीमा आकर्षीत गराउनुपर्ने उनको सुझाव छ ।

रुद्राक्षको माला लगाएमा बौद्ध र हिन्दु परम्परा अनुसार सुख शान्ति प्राप्त हुने जनविश्ववास समेत छ । त्यती मात्र होईन यो राम्रो आम्दानीको श्रोत संग जोडिएको स्थानीय कृषकको दावी छ । आम्दानीको श्रोत खोज्दै जाँदा रुद्राक्ष खेति तर्फ आकर्षित भएबाको बताउँने कृषकले बजारको लागि सरकारको सहयोग आवश्यक पर्ने बताउँछन् । सुरुमा कम उत्पादन हुँदा बजार अभाव नहुने भएपनि भविष्यमा धेरै उत्पादन हुँदा बजार अभाव हुन सक्ने उनीहरुको भनाई छ ।

नेपाल सरकारले कृषिमा आत्म निर्भर बन्ने भनेर लगानी गरेपनि बास्तबीक कृषक सम्म पु¥याउन नसक्दा युवा शक्ति बिदेशीएको स्थानीय अम्बर बहादुर मगरको भनाई छ । बिदेशमा गर्ने श्रम स्वदेशमै गर्दा व्यक्तिको आम्दानी र नेपालको समेत सम्बृद्धिमा टेवा पुग्ने उनको सुभवा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार