सभामुख महराले राजिनामा दिए, अबको बिकल्प के ?

काठमान्डौ : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एक महिलामाथि यौन दुव्र्यबहारको आरोप लागेका उनले उपसभामुखलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

उक्त राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो । यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ ।

अबको बिकल्प के ?
निर्वतमान सभामुख कृष्ण बहादुर महरा नेकपा सम्बद्ध हुुन् । यस अघि नेपाली काग्रेसले सभामुख र उपसभामुख एउटै पाटीको रहेको भन्दै संसदमै आवाज उठाउँदै आएर पनि सर्वोच्चमा उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।
नेपालको संविधान २०७२ को धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ अब कृष्ण बहादुर महराको राजीनामा पछि नेपाली काग्रेसलाई राम्रै एजेण्डा बनेको छ । अब संविधान त हेर्ने हो भने सभामुखको पद खालि भएपछि नेपाली काग्रेसलाई सभामुख पद पाउँने बाटो खुलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार