निर्दयी बाबु, स्टील झुसले रगडेर नुन, खोर्सानी हाल्दै सिस्नो पानी लगाएपछि ….

भोजराज कार्की-
सोलुखुम्बु : थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा एक बाबुद्धारा तीन जना छोराछोरी माथी मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाईएको छ । स्थानीय ४२ बर्षिय तिर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठि श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए ।

वडा अध्यक्ष तामाङका अनुसार बाबु तिर्थ राईले लामो समय देखि ९ बर्षिय छोरा संम्योग राई, १३ र १५ बर्षिय छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएपछि मात्रै बाहिर आएको हो । पटक पटकको यातना सहन नसकेर पिडित बालबालीकाहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन् ।

केहि दिन अगाडीको यातानाबाट ९ बर्षिय बालकको ढाँडमा गरिरो चोट लागेको छ । बालकको बयान अनुसार ती निर्दयी बाबाले पछिल्लो पटक भाडा माज्ने स्टील झुसले पुृरै ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका थिए । सोहीकारण ती बालको ढाँडमा भएको पुरै घाउँ अहिले पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन् । त्यस्तै १३ बर्षिया छोरीको पनि बाबुको पिटाईबाट १० महिना अघि हात भचिएको पिडितले बताएका छन् । आफ्नै बाबुको कुटाईबाट हात भच्चिएपनि त्रासका कारण ढाटेर उपचार गराएको पिडित बालिकाले वडा कार्यलयमा बयान दिएकी छन् ।

कानुनी व्यवस्था
नेपालको संविधानमा बालबालिकालाई कुनैपनि श्रममा लगाउँने पाईदैन । तर ती निदर्य बाबुले त्यही श्रम नगरेपछि चरम याताना दिने गरेका छन् । बालबालीका संबन्धि ऐन २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा ५ मा प्रत्येक बालबालिकालाई निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षक, शिक्षक तथा अन्य व्यक्तिबाट हुने हरेक किसिमका शारीरिक वा मानसिक हिंसा र यातना, हेला, अमानवीय व्यवहार, लैङ्गिक वा छुवाछूतजन्य दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार र शोषण विरूद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुने कुरा उल्लेख गरिएको छ । भने सोही दफाको उपदफा ६ मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण पाउने अधिकार हुनेछ र बालबालिकालाई हानि हुने वा तिनीहरूको शिक्षामा बाधा अड्चन पुग्ने वा स्वास्थ्य, शारीरिक, मानसिक, नैतिक, सामाजिक विकासमा हानि पुग्ने कुनै पनि कामबाट संरक्षित हुन पाउने अधिकार हुनेछ । तर यहाँ सरासर यो ऐनको उल्लङ्घन भएको पाईन्छ ।

तिर्थ राईलाई एक बर्ष कैद र पाचास हजार सम्म जरिवाना गर्न सकिन्छ ।
बालबालिका सम्बन्धि ऐनको परिच्छेद ८ अनुसार थुलुङदुधकोशी ६ मुक्लिाका तिर्थ राईले गैह्रकानुनी कार्य गरेको ठहर हुन्छ । दफा ६६ को उपदफा २ को खण्ड (घ) र (ङ) निजले छोराछोरी माथि गरेको व्यवहार प्रति आकर्षित हुने देखिन्छ । खण्ड (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र (ङ) मा शारीरिक चोट पटक वा असर पु¥याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्यालाई बालबालिका विरुद्धको कसुर ठानेको छ । तिर्थ राईले छोराछोरीलाई अमर्यादित व्यवहार संगै शारीरिक चोटपटक समेत पु¥याएका छन् ।

उक्त कसुर ठहरेको खण्डमा त्यस्ता व्यत्तिलाई सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड (क) ले दण्ड र जरिवानाको व्यवस्था किटानकोे साथ उल्लेख गरेको छ । उल्लेखित व्यवस्था अनुसार त्यस्ता व्यक्तिलाई पाँचास हजार रुपैया सम्म जरिवाना र एक बर्ष सम्म कैद हुन्छ । तर यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधि सहितको रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषिलाई तत्कालको लागि छाडिएको छ ।

पिडकद्धारा गल्ती स्वीकार, सामान्य उपचार खर्च दिने सर्तमा छाडियो ।
घटनाको विषयमा सोमबार गाउँपालिकाको न्यायिक समितिमा छलफल भएको छ । छलफलको क्रममा तिर्थ राईले आफ्नो गल्ति स्वीकार गरिसकेको न्यायिक समितिले जनाएको छ । मदिरापान सेवन गरेपछि बालबालीकालाई याताना दिने गरेको छलफलको क्रममा ती बुबाले स्वीकार गरेको वडा अध्यक्ष तामाङले बताए ।

“ती बालबालीकालाई कठिन श्रममा समेत लगाउने गरेका रहेछन्, घर बनाउँदा ढुङ्गा बोक्ने, हिलो मुछ्ने ती केटाकेटीलेनै गर्नुपर्ने रहेछ, त्यो नमान्दा कुटि हाल्दो रहेछ ।” तामाङले भने, “बालबालीकाको शरीरभरी अहिले निलडाम रहेको छ ।”

ती बालकको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ । वडा अध्यक्ष तामाङका अनुसार न्यायीक समितिमा भएको छलफलले दुई छोरीलाई निज बाबुले खर्च बेहोर्ने गरि आफ्नै फुपुको घरमा राख्ने व्यवस्था मिलाईएको छ । जेठी श्रीमती समेत दुई छोरा, दुई छोरीको जयजन्म भएपछि श्रीमानको पिडा सहन नसकेपछि छोराछोरीलाई छाडी अर्को बिहे गरेर हिडेको बताईएको छ ।
कानुनी कार्वाही हेर्न बाँकी
पिडकले गल्ति समेत स्वीकार गरिसकेका छन् । न्यायीक समितिले सामान्य छलफल गरि पिडित बालकको उपचारको लागि खर्च जुटाएर उपचारमा पठाईएको छ । तर ती पिडक निर्दयी बाबुलाई के गर्ने बिषयमा अझै निर्णय हुन बाँकी रहेको वडा अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार