सोलुखुम्बु–काठमान्डौ सडक आंशिकरुपमा सञ्चालन

सरिता राई-
काठमान्डौ : सोलुखुम्बु–काठमान्डौ सडक आंशिकरुपमा सञ्चालनमा आएको छ । ओखलढुगां, जन्तरधाप, पत्ताले, फाप्लु सडक खण्ड अन्तर्गत साल्मेको सिस्नेरीमा शुक्रबार साझँ गएको पहिरो पन्छाएसँगै शनिबार विहानबाट आाशिंक रुपमा सवारी सञ्चालन भएको अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यलय सोलुखुम्बुका इन्चार्ज संजिव चौधरीले जनकारी दिए ।

शुक्रबार सडकमा लेदो सहितको ढुगां खस्दा अवरुद्ध बनेको सडक राती १० बजे खुलेपनि पुनः पहिरो खस्दा अवरुद्ध बनेको थियो । उक्त पहिरो शनिबार विहान जेसिबीको प्रयोग गरी पञ्छाए सँगै अहिले एकतर्फी रुपमा सवारी सञ्चालन हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले पनि बर्षात निरन्तर भईरहेकाले लेदो बग्ने क्रम रोकिएको छैन् । आशिंक रुपमा सडक खुलेपनि कुन बेला पुन अवरुद्ध हुने हो भन्न नसकिने प्रहरीको भनाई छ । सो क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकहरुलाई आग्रह गरेको छ । बर्षात भईरहेकाले माथिबाट ढुंगा सहितको पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने ट्राफिक प्रहरी इन्चार्ज चौधरीको भनाई छ । यो सडक खण्डमा साल्मे सिस्नेरीको पहिरो लामो सयम देखीको समस्याको रुपमा भएपनि दिगो समाधानमा कसैको ध्यान नगएको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार

साल्मेमा फेरी पहिरो खस्यो, दिर्घकालिन समाधानप्रति कसैको ध्यान गएन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार