भालुको आक्रमणबाट एक बृद्ध गम्भिर, राहत पाउँन के गर्नुपर्छ ?

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका १ मा भालुको आक्रमणबाट एक बृद्ध शक्त घाईते भएका छन् । टाक्सिन्दुको हेवा जंगलमा मंगलबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ७६ बर्षिय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उनको अनुहार, पेट, टाउँको र खुट्टामा गम्भिर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी दिए । उनका अनुसार घाईते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

त्रासैत्रासमा बित्छ दिनहरु ।
यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रका नागरिकको दैनिकि त्रासैत्रासमा बित्नेगर्छ । यहाँका नागरिक रातभरि जग्राम बस्ने गर्छन् । बर्षभरि खान लगाएको मकै बाली जोगान देखी घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्रम बस्नुपर्ने नगरपालिका ७ का चन्द्रमाण श्रेष्ठको भनाई छ ।
हिजोआज मकै पाक्ने बेला भएकाले घर आगनमै भालु आउँदा त्रासपुर्ण अवस्थामा बस्नुपरेको स्थानीय बताउँछन् । एक रोपनी क्षेत्रफलमा लगाएको मकैबाली एकै रातमा सखाप पारिदिने गरेको नगरपालिका ७ नाजिङका बलराम खत्रीले बताए ।

दुई दिन अगाडी मात्रै करिब डेढ रोपनी क्षेत्रफलमा लगाएको मकै सखाप पारेको भन्दै गार्माका चन्द्रमाण श्रेष्ठले राहतको लागि बन डिभिजन कार्यालयमा निवेदन समेत दर्ता गराएका छन् । निवेदन दर्ता गराएको भएपनि राहत पाउँने आशामा नभएको उनको भनाई छ । अन्नबाली सखाप पारिदिने भएपनि राज्यले नागरिकको सुरक्षा र हुने क्षतीको मुल्याङ्कन गरि सहयोग गर्ने सवालमा चुकेको स्थानीयको भनाई छ ।

बन ऐन अनुसार बन्यजन्तुलाई कुनैपनि बहानामा सिकार गर्न पाईदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार बन्यजन्तुले आक्रमण गरि सामान्य घाईते बनाएमा रु.२० हजार सम्म, सक्त घाईते बनाएमा रु.२ लाख सम्म र मृत्यु भएमा मृतकको हकवालाई रु.१० लाख सम्म राहत उपलब्ध गराउँने प्रावधान छ ।

निर्देशिकानै परिवर्तन गर्नुपर्ने ।
निर्देशिकामा जंगलिजनवारले घरगोठ, पशुधन र अन्नबालीमा क्षती पु¥याएमा राहत रहकम उपलब्ध गराउने व्यवस्था उल्लेख गरेको छ । क्षतीको प्रकृति र आवश्यक सिफारिसको आधारमा रु.१० हजार सम्म राहत रकम उपलब्ध गराउँन सक्ने भनी उल्लेख गरिएको छ । निर्देशिकाले परिभाषित गरेअनुसार जंगलि जनवारमा हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बंदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर पर्छ ।
हात्ति, गैडा, अर्ना र जंगलि बदेलले अन्नबालीमा क्षती पु¥याएमा राहत उपलब्ध गराउँने व्यवस्था उल्लेख गरेपनि अन्य जनवारले क्षती गरेमा राहत उपलब्ध नगराउने किटानका साथ सोही निर्देशिकामा लेखिएको छ ।
हिमाली जिल्ला सोलुखुम्बुमा अर्ना, हात्ति, गैडा नहुने तर भालुले बारम्बार क्षती पु¥याउँदा राज्यले राहत उपलब्ध गराउँने तर्फ ध्यान नदिएको यहाँका स्थानीयको गुनासो छ । गार्माका चन्द्रमाण श्रेष्ठले भालुले मकै लगाएतको अन्नबाली सखाप पार्ने तर राज्यले राहत दिने व्यवस्था नगर्दा समस्या भएको बताए । तराईका जिल्लामा हुने क्षतीलाई हिमाली तथा पहाडी क्षेत्रमा समेत राखिदा कृषक मारमा परेको महाकुलुङका युमन खालिङले बताए । हाल क्रियाशिल रहेको निर्देशिका समेत तत्काल पुनरावलोकन गरि क्षेत्र अनुसार राहत वितरणको व्यवस्था गर्न उनीहरुले माग समेत गरेका छन् ।
अघिल्लो वर्ष ९ जना भालुको आक्रमणबाट घाइते भएका थिए । भने चालु बर्षमा मात्रै चार जना घाईते भएका छन् । भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्नपाउनुपर्ने या सुरक्षाको ग्यारेण्टि हुनुपर्ने माग समेत राख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत लिखित रुपमा निवेदन दिदै भालु नियन्त्रणको लागि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार