सोलुखुम्बु : पुर्व मन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले भ्रष्टचार र बलत्कार जस्ता क्रियाकलापलाई बर्तमान सरकारले प्रशय दिएको दावी गरे । सल्लेरीमा आयोजीत हिमाल पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको बिहिबार समापन समारोहलाई संबोधन गर्दै नेता केसीले नितिगत रुपमा नै भ्रष्टचार सुरु भएकाले त्यसको लागि स्थानिय स्तरबाटै खबरदारी गर्न जनतालाई आग्रह समेत गरे ।
सम्पुर्ण निर्वाचित जनप्रतिनिधि डोजर मालिक बनेर भ्रष्टचार गरिरहेपनि सम्बन्धित नियमनकारी निकाय मौन बसेको उनको दावी छ । हरेक क्षेत्रमा कर बढाउँदै सेवा दिन नसकेको प्रति असन्तुष्टि पोख्दै स्थानीय स्तरमा उत्पादीत बस्तुमा कर नलाउन माग गरे । स्थानीय तहका जनप्रतिनिधिको कार्यशैलि समेत ठीक नभएको उनको जिकिर छ । उनले आफ्नै पार्टीबाट टिकट पाएर निर्वाचित भएका नगरपालिका प्रमुखले समेत जनचहान अनुसार आफुले दिएको सुझाव ग्रहण नगरेको बताए । नगरपालिका मरुभुमीमा परिणत भएपनि स्पष्ट योजना ल्याउन नसकेको उनको ठहर छ ।
उनले दुई तिहाईको सरकार भएपनि प्रदेश एकको नामकरण गर्न नसकेको बताउँदै प्रदेशको नाम सगरमाथा राख्न माग गरे । लामो समय सम्म प्रदेशको नामकरण गर्न नसक्नु नेपाली जनताको लागि दुःखद भएको उनको बिचार थियो । यस्तै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले जनप्रतिनिधि बीच सहमती सहकार्य गर्नुपर्नेमा ठीक उल्टो भईरहेको बताए । संविधान दिवसको अवसरमा आयोजीत कार्यक्रममा नगरप्रमुख, प्रदेश सांसद बीच मञ्चमा भएको भनाभनलाई इकित गर्दै सभापति बस्नेतले बिकासको कुरा गर्नुपर्नेमा बिरोधको कुरामा समय खर्चेको बताए ।
नेपाली काग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान भनिएको भएपनि गठगत कार्यक्रम झल्किएको थियो । एका पक्ष काग्रेस नेता तथा कार्यकर्ताको भने उक्त सभामा उपस्थिति थिए ।