काठमान्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (असोज ७) गते प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि यो वर्ष संचालित परीक्षाको नतिजा प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए ।
सोमबार अन्तिम ट्याली गरेकाले सोमबार दिउसो परीक्षाफल प्रकाशित गर्ने बोर्डले जनाएको छ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको जनाएको छ । बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।