सप्तरी : अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा एक जना युवक घाइते छन् । राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा आइतबार राति ८ बजे २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको छ । गोलि लागेर घाईते भएका उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।