सल्लेरी सडक निर्माणको काम अलपत्र, दिनहुँ दुर्घटना, नियमनकारी निकाय मौन

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका समेत रहेको सल्लेरी बजार क्षेत्रको मुख्य सडक निर्माणको काम अलपत्र अबस्थामा छाडिएको छ । सडक निर्माणको क्रममा स्थानीयलाई आवतजावतमा हुन सक्ने सामान्य समस्यामा ध्यान पु¥याउँन नसक्दा झनै समस्या थपिएको छ ।

सडक स्तर उन्नतीको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्ग छोडिदा नगरिकहरु जोखीमयुक्त यात्रा गर्न बाध्य भएका छन् । बर्खाको समयमा काम स्थगीत भएको हुनसक्ने अनुमान गर्ने स्थानीयले लथालिङ्क अवस्थामा छाडिनुनहुने बताउँछन् । २०७५ माघ ७ गते १८ महिनामा काम सक्ने गरि उद्घाटन गरिएको सडक निर्माणको कुल लागत रु. ६ करोड रहेको छ । जिरो प्वाइन्टदेखि सल्लेरी सम्मको १ किलोमिटर सडक निर्माण सकिने म्याद भएपनि नागरिकको समस्यालाई ध्यान नदिएको स्थानीय ध्रुव कार्कीले बताए ।

सडक निर्माणको जिम्मा खानी ब्राइट र नेशनल जेभिले सयुक्त रुपमा लिएका छन् । जिल्ला प्रशासन कार्यालय नजिकै देखी वडा नम्बर ६ तर्फ आउँने मुख्य सडकको अवस्था हेर्ने जोकोहीले निर्माण कम्पनी देखी नियमनकारी निकाय समेत नभएको आभाष गर्ने गरेको स्थानीय मनिकुमार राईले बताए । “ठाउँठाउँमा खुला नाली र ठुला ठुला खाल्डो अझ त्यस माथी ढलानको क्रममा निस्किएको रडहरु जताततै देख्न सकिन्छ ।” राईले भने, “जोखिमपुर्ण छ भन्ने सबैलाई थाहा छ, तर पनि यात्रा गर्नु हाम्रो बाध्यता हो ।”

न त निर्माणको काम हुने न त सहज आवत जावत गर्ननै सकिने, दुवै बिषय ओझेलमा पर्दा गर्भवती महिला र बालबालीकालाई बढी समस्या हुने गरेको स्थानीय अस्मीता राईको भनाई छ । “बजार क्षेत्रको बाटो दैनिक सयौ यात्रु ओहोर दोहोर गर्छन् ।” राईले भने, “विद्यालय समयमा सयौ बालबालीका हिड्छन्, त्यतीबेला त असहज मात्रै होईन दुर्घटना समेत हुनेगरेको छ ।”

केहि समय अघि मात्रै सडकको नालीमा परेर एक बालकको हात समेत भाच्चिएको बालकका आमा पेमा शेर्पाले बताईन् । “बच्चा रोयो किन हो कोला भनेर बाहिर हेर्दा कतै मान्छे देखिन्दैन ।” उनले भनिन्, “कता हो भनेर राम्रोसंग हेर्दा त ढलको लागि खनेको खाल्डो भित्रपो पसेछ, निकालेर त ल्यायो तर हातनै भाच्चिँएछ ।” दिनहुजसो सानातिना घटना घटिरहेपछि स्थानीय नागरिक आक्रोसीत समेत बनेका छन् । उनको छोराको जिल्ला अस्पतालमा उचार गराएको थियो । उपचार खर्च करिब ५ हजार लागेपनि आफैले बेहोरेको शेर्पाको भनाई छ ।

“निर्माण सुरु भएको लामो समय बिति सेकेको भएपनि अहिले न त निर्माणको कामनै सुचारु छ न त हिड्डुलको लागि सहजनै ।” स्थानीय व्यापारी कृष्ण निरौलाले भने “म त धेरै पटक लडिसके खासै ठुलो चोटपटक लागेको छैन, तर केही दिन अगाडी जुबु घर भन्नुहुन्थ्यो एक जना गर्भवती महिला लडेर खुट्टामा गहिरो चोट लाग्यो ।” निरौलाले सुनाए, “मैले बिस्तारै डो¥याउँदै प्रशासन नजिक सम्म लगे अनी ट्याम्पुमा चढाएर फाप्लु पठाए यस्ता घटना घटीनै रहन्छ, तर प्रशासनको ध्यान जादैन ।”

हरेक दिन प्रशासक, पत्रकार अनी राजनितिक दलका जिम्मेवार व्यक्ति हिड्ने सडकमा न कतै बाटो बन्द गरिएका,े निर्माण भईरहेको, या हिड्डुल गर्दा सावधानी अपनाउनुहोला लगाएतको शब्द लेखिएको बार्डनै देख्न सकिन्छ ? केबल जोखीम मोलेर बाईक हिडीरहेका छन् भने यात्रु समेत उस्तै जोखीम मोलेर हिडिरहेको बताउँछन् । यस बिषयमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले काम गर्नेक्रममा केही लापार्वाही गरेको पाईएको बताए । उनले भने, “प्रशासन कार्यालयले यस बिषयमा गम्भिर भएर सोचेको छ, ठेकेदारलाई तत्काल काम गर्नु भनेको छु, अब छिट्टै सहज यात्रा गर्न सकिने बातावरण बन्ला ।”

यता ठेकेदार कम्पनीले भने बर्खाको कारण काम गर्न नसकेको बताएको छ । बर्खाको कारण यस अघि लगाईएको पर्खाल समेत भत्कन थालिसकेको छ । त्यसैले यस सडकमा जोखीम मात्रै भएन कि सामान्य घटना समेत घटिसकेको स्थानीयको भनाई छ । अब ठुलो घटना पनि नघट्ला भन्न सकिन्न, त्यसैले यस तर्फ जिम्मेवार निकायको समयमानै ध्यान जान आवश्यक रहेको स्थानीय प्रेम बहादुर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार