संघिय संसदको चालु अधिवेशन आज अन्त्य हुदै ।

काठमाडौ : बैशाख १६ बाट सुरु भएको सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित भएका छन् ।
सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त नभएपनि संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी गरेको प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए । योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताए । सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार