सोलुखुम्बु : सम्बृद्ध गाउँपालिका निर्माणको अभियानमा थुलुङदुधकोशीका युवाहरु जुटेका छन् । गाउँपालिका स्तरीय युवा क्लव गठन गर्दै युवाहरु गाउँको हरेक बिकासमा अग्रसर हुने जनाएका छन् ।
सोमबार गाउँपालिका केन्द्र मुक्लिमा आयोजना गरिएको एक कार्यक्रमका बीच युवा क्लव गठन गरिएको छ । गाउँपालिका महासंघ प्रदेश १ का कोषाअध्यक्ष एवम् पालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा करिब ३ सय बढी युवा भेला भएका थिए । सोही भेलाले युजन बस्नेतको अध्यक्षतामा २५ सदस्य थुलुङदुधकोशी युवा क्लव गठन गरिएको नवनिर्वाचित महासचिव दिपक किराँतीले जानकारी दिए ।
नवगठित समितिको तीन जना उपाअध्यक्षमा रोशन पौडेल, बालकुमार राई र कमला राउन बस्नेत रहेका छन् । यस्तै महासचिवम दिपक किराँती, सचिवमा राजेन्द्र कुमार बस्नेत र रन्जन राई, कोषाअध्यक्षमा अरुणा राई सर्वसहमतीले चयन गरेको क्लवले जनाएको छ । हरेक वडा बाट एक एक जना समेटिने गरि सदस्यमा चयन गरिएको छ भने गाउँपालिका अध्यक्ष असिम राई प्रमुख संरक्षक, प्रमुख प्रशासकिय अधिकृत अबिलाल राई संरक्षक सदस्य र गाउँपालिका भित्रका ९ वटै वडाका अध्यक्ष समेत संरक्षक सदस्यमा रहने बताईएको छ । यस्तै सोलुुखुम्बुका प्रतिनिधि सांसद हेमकुमार राई (शुरबीर), प्रदेश सांसद उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीलाई मानर्थ सदस्य प्रदान गर्ने नवनिर्वाचित अध्यक्ष युजन बस्नेतले बताए ।
गाउँपालिका भित्र हुने हरेक बिकास निर्माणलाई पारदर्शि ढंगबाट सम्पन्न गर्न आफुहरुको प्रमुख भुमिका हुने अध्यक्ष बस्नेतको भनाई छ । यस्तै हरेक गतिविधिमा युवाहरुको संलग्ना रहने भएकाले प्रत्येक वडामा वडा समिति गठन गर्ने बताईएको छ । पर्यटन प्रर्बद्धन, खेलकुदको बिकास, भाषा,संस्कार संस्कृतिको जगेर्ना गर्ने, विभिन्न निकाय संगको समन्वयमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै बैदेशिक रोजगारीमा जाने युवाहरुलाई समेत गाउँमा फर्काउने अभियानमा लागेको युवा क्लवको दावी छ ।
गाउँपालिका अध्यक्ष असिम राईले युवाहरुमा सकरात्मक सोचको बिकास नभएसम्म सम्बृद्धि संभव नभएको भन्दै युवाहरुलाई संगढीत बनाउँदै नमुना गाउँपलिका निर्माणको अभियान सफल पार्ने बताए । अध्यक्ष राईले समयको महत्वलाई बुझन् नसकेके खण्डमा सफलता प्राप्त नगर्ने भन्दै हरेक युवालाई बिरोध नभई सहयोगको रुपमा सुझाव सहित हातेमालो गर्न आग्रह गरे । गाउँको बिकास गरि देशमै नमुना बन्ने संकल्प सहित जनप्रतिनिधि र कर्मचारी खटिरहेको अवस्थामा स्थानीयको सहयोग र सुझाव आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्ने अधिकाशंस बक्ताले युवा संगठीत हुनु आफैमा राम्रै भएको भन्दै प्रशंसा गरे । उनीहरुले युवाहरुलाई सहयोग गर्न तयार रहेको भन्दै जनताको मन जित्ने गरि गाउँपालिकाको उत्तराधिकारी संस्थाको रुपमा खडा गर्न समेत सुझाव दिएका छन् । गाउँपालिका स्तरीय युवा क्लव गरि हरेक क्षेत्रमा गाउँपालिकाको सहयोगी बन्ने उदेश्य बोकेको यो क्लव जिल्लामै पहिलो रहेको दावी समेत गरीएको छ ।
थुलुङ दुधकोशी युवा युवा कल्वका पदाधिकारीहरु :
१,अध्यक्ष युजन बस्नेत
२,वरिष्ठ उपाध्यक्ष :-बाल कुमार राई
३,उपाध्यक्ष :-कमला राउत बस्नेत
४,उपाध्यक्ष :-रोशन पौडेल
५,माहासचिव:- दिपक किराती
६,सचीव :-रन्जन थुलुङ
७,सचीव :-राजेन्द्र बस्नेत
८,कोषाध्यक्ष :-अरुना राई
९,सदस्य :-उमेश श्रेष्ठ
१०,सदस्य:- अर्जुन रोक्का
११,सदस्य:- नारायण पराजुली
१२,सदस्य:- सुमन खत्री
१३,सदस्य:- विक्रम नेपालि
१४,सदस्य :-कृष्ण कुमार राई
१५,सदस्य:- ज्ञान प्रसाद राई
१६,सदस्य:-पार्बुहाङ राई
१७,सदस्य:- कुमार प्रयास राई
१८,सदस्य:- मन्दिरा राई
१९,सदस्य:- राधिका राई
२०,सदस्य:- मिलन राई
२१,सदस्य:- उमेश राई
२२,सदस्य :-ज्ञानेन्द्र गुरुङ
२३,सदस्य
२४,सदस्य
२५,सदस्य