बुहारीले ससुराको काजकिरीया गर्न पाइनन् ।

उमेर र बंैश चल्यो तर पानी चलने !
सुष्मा तिखत्रि –
झापा : झापाको अर्जुनधारा नगरपालिका वाड नं.१ स्थित बगर टोलमा भदौ २१ गते शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधन पछि छरछिमेकी दाजुभाई बीच ठुलै खैलाबैैला भयो । श्रेष्ठकी कान्छी बुहारीलाई लाश समेत छुन दिइएन । कारण थियो उनी दलितकी छोरी हुन ।
श्रेष्ठका कान्छा छोरा दिलिप श्रेष्ठले इलामकी अमृता परियारसगं सात वर्ष अघि विवाह गरेका थिए । विवाह पश्चात उनीहरुको परिवार एकै भएर बसेको थियो । श्रेष्ठको निधन पछि दलितकी छोरी घरको कान्छी बुहारी भएको कारणले छरछिमकी समेत आउन अनकनाए । त्यती मात्रै हैन हिन्दु परम्परा अनुसार पुरोहीतले गर्ने मृत्यु संस्कारनै नगरि शब जलाईएको अमृताले बताईन । उनका अनुसार परीवारकी कान्छी बुहारी अमृता दलितकी छोरी भएकाले पुरोहतीले समेत राम्रो काम गरेनन् ।

परिवारमा आर्थिक अबस्था कमजोर भएको कारणले एकै ठाँउमा बस्न गारो भए पछि अमृताले घर छेउमा एक घर बनाएर बसेकी छन त्यसै घरमा एकलै ससुराको जुठो बार्दै आएकी छन उनी । उनलाई कसैले पनि बोलाउदैन एक्लै झोक्रायर ससुराको जुठो बारेर बसेकी छन् । आर्थिक अबस्था कमजोर भएकाले घर खर्च चलाउनका लागि बैदैशिक रोजगारीका लागि दिलिप साउदीमा रहेका छन् । उनी साउदीमा भएकै बेला बाबुको मृत्यु भयो, बिदा नमिलेका कारण दिलिप नेपाल नआएको पारीवारिक श्रोतल बताएको छ ।

परिवारमा कसैले पनि जातीय बिभेद नगरे पनि समाजले दलित समुदायकी कान्छी बुहारी भएको कारणले अमृतालाई छुट्टै जुठो बार्न लगाईयो । समाजका सामाजिक अगुवाहरुले मानिसमा समानताको कुरा गरे पनि समाजले दलित समुदायलाई हेर्ने दृष्टिकोणमा फरक नआएको अमृताले बताईन ।
समाजमा सबै जातजाति बराबरी नै भएको जस्तो लाग्थ्यो त्यहि भएर मैले दिलिप सगँ बिवाह गरें तर अन्तरजातिय विवाह गर्दा आपुले भोग्नु परेको पिडा अरुलाई नपारोस भन्ने उनको भनाई रहेको छ । तर ससुराको निधन पछि परिवार सबै जना शोकमा परेको बेला समाजका शिक्षित र अगुवा भन्नेहरुले गरेका व्यवहार प्रति उनी दुखित छन् ।

२७ गते शुक्रबार दिउसो तिन बजे तिर उनी घरमा एक्लै घोरएिर बसी रहेकी थिईन् । उनले गहभरी आँशु पार्दै म दलितकी छोरी भएकै कारण आफ्नो ससुरालाई अन्तिम श्रद्धन्जली समेत दिन पाईन, दलित भएकै कारण छुवाछुत हुन्छ भने दलितकी छोरीहरुले आफु भन्दा माथिल्लो जातका केटाहरु सगँ बिवाह नै नगरुन, भन्दै दलितकी छोरीको उमेर र बैंश चल्ने अनि पानी नचल्ने अचम्मको संस्कार भन्दै प्रश्न गरीन् । नेपालको सबिधानमानै छुवाछुत विरुद्ध स्पष्ट उल्लेख गरिएको छ । पिडितले प्रहरी कार्यालय र नगरपालिकामा निवेदन पेशा गरेमा कारवाहि हुने अर्जुनधारा नगरपालिका वडा नं. १ का जनप्रतिनिधि माधव आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार