वडा अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दि ।

उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० को वडा कार्यलयमा स्थानियहरुले तालाबन्दी गरेका छन । वडा अध्यक्षले मनोमानी ढङ्गले काम गरेको भन्दै स्थानियहरुले वडा कार्यलयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय धर्मप्रसाद खनालका अनुसार उपस्वास्थ्य चौकीमा रिक्त्त रहेको कर्मचारी पदपुर्तीका लागी खुलाइएको आबेदन अनुसार कर्मचारी छनौट नगरी आफुखुशी छनौट गरेको भन्दै स्थानिय र आबेदक ५९ जनाले वडा कार्यलयमा तालाबन्दी गरेका हुन् । २०७५ माघ ११ गते खुलाईएको बिज्ञापन अनुसार ६३ जनाले आबेदन दिएका थिए । यता वडा अध्यक्ष लिलानाथ भटराईले भने लामो समयसम्म पनि कोही सम्पर्कमा नआएकाले कार्यलय सहयोगीमा कर्मचारी छनोट गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार