गोलि हानि एक जनाको हत्या ।

रुपन्देही : लुटेरा समूहले गोली हानेर रुपन्देहीमा एकजनाको हत्या गरेका छन् । रोहिणी गाउँपालिका ३ का ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकलमा आएका लुटेर समुहले बैंकबाट रकम झिकेर आउने क्रममा गोली हानी हत्या गरेको हो । स्थानीयबासीले दिएको जानकारी अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेका थिए । गोली हानेपछि लडेका कुर्मीको साथमा रहेको रकम समेत लुटेराले लगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार