साइकल यात्री जित कुमार साह एभरेष्ट बेस क्याम्पमा ।

महेन्द्र शाहि
सोलुखुम्बु : साईकल यात्री जितकुमार शाह सगरमाथा आधारशिविर पुगेका छन् । जनकपुरबाट यात्रा सुरु गरेका साईकल यात्री शाह शुक्रबार १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका हुन् ।
भदौ ९ गते यात्रामा निस्केका शाह शुक्रबार विहान ९ बजे साईकल सहित पुगेको यात्री शाहले आधारशिविरबाट जानकारी दिए । उनी गत विहिबार सोलुखुम्बुको सल्लेरी आईपुगेका थिए । शाह काठमाण्डौ, दोलखा, उदयपुर, ओखलढुगां हुदै सोलुखुम्बु आएका हुन् । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न यात्रा गरेको शाहको भनाई छ । “तराई पहाड हिमाल हाम्रो मातृभुमि नेपाल” भन्ने मुल नाराका साथ साईकल र नेपालको झण्डा सहित निस्केको यात्राले नेपाल भ्रमण बर्षलाई सफल पार्न सहयोग पुग्ने उनको दावी छ । हिमाल, पहाड र तराई बीचको आपसी सम्बन्ध समेत प्रगाढ हुने विश्वास छ । साईकलमै एभरेष्ट बेस क्याम्प सम्म पुगेका ३१ बर्षिय शाहले आगामी बैशाखमा साईकल सहित सगरमाथा आरोहण गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार