एसबी जेरो
ओखलढुंगा : पाँच वर्ष यता जिल्लाका ७५ वटै वडामा सडक पुगेको छ । सडकले स्थानियलाई आवत जावत र सामान ढुवानीमा समेत सहज भएको छ । विकासको मुख्य पुर्वाधारका रुपमा सडकको विकास आवश्यक रहेछ भन्ने जनताले सहशुस गरेका छन् । तर वर्षाका समयमा ठुलो परिमाणमा जनधनको क्षेति भएपछि सडकका कारण विपद बढिहुने रहेछ भन्ने कुरा पनि महशुस गरेका छन् ।
हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडक कारण भोग्नु परेको सास्तीले सडक आवश्यक तर सकस पनि त्यत्तिकै भन्न थालेका छन् । असार अन्तीममा परेको अविरल बर्षाका कारण ओखलढुंगामा मानविय र भौतिक क्षति दुवै ग¥यो । पाँच जनाले बाढि पहिरोमा परेर ज्यान गुमाए । सयौँ घरहरु जोखिममा परेका छन् । धेरै ठाउँका खेति योग्य जमिन ढाँडमा परिणत भएका छन् । विपदमा बढी क्षेति हुनुको कारणका रुपमा कतै न कतै सडक पाईएको छ । जिल्लामा खनिएका अधिकांस गाउँ गाउँ पुगेका सडक वातावरणिय प्रभाव मुल्याङ्कन नगरी खनिएका कारण वर्षाको समयमा क्षेती बढि भएको हुन सक्ने सरोकारवालाहरुको बुझाई छ । यसका केही उदाहरण छन् ।
उदाहरण नम्बर १.
सिद्धिचरण नगरपालिका–६ जन्तरखानी नलिडाँडा देखी मोलुङ गाउँपालका–७ पात्ले जोड्का लागि नयाँ सडक खनिदै छ । असार अन्तिममा परेको अविरल वर्षाका कारण सडक बाट गएको पहिरोले घर पुरिएर सिद्धिचरण नगरपालिका–६ जन्तरखानिकी ४८ वर्षिय कान्छीमाया श्रेष्ठको ज्यान गयो । सडक किनारमा थुपारिएको माटोको ढिस्को बगेर घर बगाए पछि उनको ज्यान गएको हो ।
पहिरोले घर संगै आमाको पुरिएर ज्यान गए पनि उनका पाँच जना छोरीहरुको विचल्ली भएको छ । पहिरोमा श्रेष्ठको एउटा भैँसी, दुई वटा खशी र छ वटा कुखुरा मरेका थिए । सडक खन्दा थुपारिएको माटोको ढिस्को वर्षातको भल पानीले बगाउँदा श्रेष्ठको घर पुरिएर उनको मृत्यु भएको स्थानिय युद्धबहादुर मगरको भनाई छ । मगरका अनुसार प्रदेश सरकारको २० लाख बजेटले जन्तरखानी ठाडेडाँडा–नलिडाँडा हुदै पात्ले जोड्न उक्त सडक खनिएको हो ।
उदाहरण नम्बर २
घरमाथिबाट आएको पहिरोले पुरिँदा पात्लेको एकै घरका दुई आमा छोरीको ज्यान गयो । जिल्लाको मोलुङ गाउँपालिका–७ पात्लेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो ।
पहिरोको सुरुवात सडक बाटै भएको मोलुङ गाउँपालिका–७ पात्लेका वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए । पानी पर्न रोकिएपछि शेर्पाका श्रीमान घरबाहिर निस्किएको ५ मिनेटमै घरमाथिको सडक हुँदै आएको पहिरोले घर पुरिदा आमा छोरीको मृत्यु भएको हो । विहान १० बजे घरभित्र एउटै खाटमा आमाछोरी सुतिरहेको अवस्थामा पहिरोले पुरिएर आमा छोरीको ज्यान गएको वडा अध्यक्ष सुनुवारले बताए ।
उदाहरण नम्बर ३
बाढिमा परेर सुनकाशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भयो । उनको ज्यान जानुमा पनि कतैन कतै मोटरबाटो पाईन्छ । सुनकोशी गाउँपालिका–४ मोलुङ् दोभान देखी सोही गाउँपालिकाको १ नं. वटा बलखु जोडिएको सडकबाट आएको झोडाले राई लाई बगाएको स्थानिय बुद्धिमान राईले बताए । निकै ओरालो गरी खनियको सडकबाट आएको भल काट्न खेतमा गएका राईलाई झोडाले मोलुङ खोलामा पु¥याउदा उनको ज्यान भएको प्रत्यक्षदर्शी बुद्धिमान राईको भनाई छ । सडक बाट आएको ढुंगा माटो सहितको झोडाले राईलाई खोलामा पु¥याएको थियो । गत वर्ष राँगादिपमा पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको ज्यान भएको थियो । सडकै कारणले पहिरो गएर घर पुरिएको थियो ।
विभिन्न गाउँको मानव बस्ति जोखिममा
भर्खरै केहि एक महिना अघि सुनकोशी गाउँपालिका–३ सिस्नेरी भञ्ज्याङ्ग देखी वडा नम्बर २ दिपसिङ्ग जोड्ने मोटर बाटो खनियो । सोही मोटर बाटोका कारण वडा नम्बर ३ खानिगाउँका दश घर जोखिममा परेका छन् । बस्ती जोखिममा परेकाहरुले वडा कार्यालय र जिल्ला विपद व्यवस्थापन समितीमा सुरक्षित बासको व्यवस्था गरी क्षतिपुर्तीका लागि निवेदन दिएका छन् । घर जोखिममा परेका जितबहादुर मगर, हिराबहादुर मगर, यज्ञबहादुर मगर, रामकाजी मगर, रामबहादुर मगर, खिलबहादुर मगर, यमबहादुर मगर, भक्तबहादुर मगर, गणेशबहादुर मगर र अम्बर बहादुर खड्काले क्षतिपुर्तिका लागि संयुक्त निवेदन दिएका हुन् ।
उनिहरुले वडा नं.३ सिस्नेरीभञ्ज्याङ्ग देखी खानिगाउँ वडा नं. २ माटे हुदै दिपसिङ्ग सम्म जाने मोटरबाटोको माथिल्लो भाग बाट पहिरो गई बासस्थान जोखिममा परेको जनाएका छन् । यस विषयमा जिल्ला विपद व्यवस्थापन समितीको बैठक बसेर सुनकोशी गाउँपालिकालाई प्राविधीक सहित स्थलगत अनुगमन गरेर प्रतिबेदन पठाउन आग्रह गरिएको समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । मोटरबाटोको मोड निकाल्दा बस्तीभन्दा मुनीको पाखो अलि बढि च्यापेर खनिएका कारण स्थानिय दश घरपरिवार सामान्य जोखिममा परेको वडा अध्यक्ष विष्णुबहादु खड्काले बताए । अहिलेनै पहिरोले घरहरु झरिहाल्ने र बस्ति स्थान्तरण गरिहाल्नु पर्ने अवस्था नभए पनि तार जालिवाल लगाउन पाए बस्ति सुरक्षित हुने खड्काको भनाई छ । दश घर मध्य हिराबहादुर र भक्तबहादुर मगरको घर पहिरो झरे भन्दा करिब सात मिटर टाढा छन् । घरमुनिबाट पहिरो गए संगै घर नजिकै धाजा फाटेका कारण स्थानिय त्रसित भएको सामाजिक परिचालक बैकुण्ठ लुईटेलले बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७५÷२०७६ को ५० लाख बजेटले उक्त सडक खनिएको हो ।
खिजिकातीका ७ घर उच्च जोखीममा
त्यस्तै खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका ७ घर सकडका कारण उच्च जोखिममा परेका छन् । खिजिफलाटे ओखलढुंगा बाट रामेछाप जोडिएको सडकका कारण उक्त बस्ती पहिरोको जोखिममा परेको भन्दै वडा कार्यालयमा तारजालि र सुरक्षाका लागि निवेदन दिएका छन् । वाल लगाई घर जोगाउनका लागि तारजालीको माग गरिएको देवकृष्ण खड्काले बताए । खड्का सहित चेतबहादुर, युद्धबहादुर, बोध बहादुर, विष्णुबहादुर र बाबुराम खड्का लगायत ईन्द्रमाया सुनुवारको घर उच्च जोखिममा परेका छन् । सडक भन्दा माथि रहेको बस्ती सडकका कारण पहिरो झर्न थालेपनी त्रसित बनेका छन् ।
असार अन्तिममा परेको अविरल वर्षा संगै गाउँ भन्दा माथि भिरालो पाखा बाट आएको झोडाले सुनकोशी गाउँपालिका–४ जेरुङघाटका पुस्कर माझी र देविका राई को घर पुरियो । घर पुरिए पनि उनिहरुको स्थानिय द्वारा तत्काल उद्धार भएका कारण अरु मानविय क्षति हुन पाएन । बलखु र डाँडा जेरुङ जाने सडक जेरुंगघाट भन्दा सिधा माथि छत्रेपाखामा पर्दछ । भिरालो पाखामै सडकको दुई भन्दा बढी मोड राखिएको छ । भारी वर्षातको समयमा सोही मोटर बाटो बाट सुरु भएको भलबाढीले दुई घर पुरिएका हुन् । अन्य १८ घर परिवार जोखिममा परेको जेरुङगघाटका राजन राईले बताए । यसका साथै नयाँ खनिएको सडकको ढुंगा माटो संगै आएको भलबाढीले पुरिएर जेरुंगघाटको ८५ रोपनी भन्दा बढी खेत ढाँड भएका छन् । भर्खरै रोपाई गरिएको र पाकेको मकै भाच्न बाँकी खेत ढाडमा परिणत भएको हो । धन कुमार राई, माउले माझि, विरबहादुर राई , देविका राई, शेरबहादुर राई, सरि माया राई, नैनकुमारी राई र राजिव राईको ८५ रोपनी खेत पुरिएको राजन राईको भनाई छ । राईका अनुसार मोलुङ एकवार र बलखु जाने सडकका कारण भत्किएको कुलो अझै सुचारु हुन सकेको छैन । उनका अनुसार रोपाई गरिएको धानको विरुवा सुक्न थालेको छ ।
विपद व्यवस्थापनमा बजेट छुट्टिदैन ।
संघ र प्रदेशबाट प्राप्त बजेट मध्ये बढी रकम सडक खन्नमा छुट्याईएको छ । आर्थिक वर्ष २०७५÷२०७६ संघ र प्रदेश बाट प्राप्त आठ करोड बजेटको आधा रकम सडक खन्नमा विनियोजन भएको पाईन्छ । संघको चार करोड बजेट मध्य करिब दुई करोड २५ लाख बजेट जिल्लाको विभिन्न ठाउँको मोटरबाटो खन्नमा विनियोजन गरिएको छ । यस्तै प्रदेश (क) दुई करोड मध्ये एक करोड दश लाख रकम सडक खन्नमा खर्च भएको छ भने प्रदेश (ख) मा एक करोड बजेट सडक निर्माणमा खर्च भएको छ । सिद्धिचरण नगरपािलका सहित जिल्लाका सात गाउँपालिकाले पनि नगर तथा गाउँसभा बाट पारित गरेर बढि बजेट सडक निर्माणका लागि विनियोजन गरेका छन् ।
जिल्लामा निर्माण भएकाका अधिकांश ग्रामिण सडकहरु वातावरणिय प्रभाव मुल्याङ्कन नगरी सडक खनिएको सरोकारवालाको दावी छ । सडक खन्दा वातावरणिय प्रभाव मुल्याङ्कन गरी सडक खन्नु पर्ने व्यवस्था भए पनि अधिंकास सडक बिना वातावरणिय प्रभाव मुल्याङ्कन खनिएका हुन् । अझ भिरालो पाखामा स्काईभेटर चलाउदा पहाड कमजोर भएका छन् । वर्षामा बाढी पहिरोको जोखम त्यसकै कारण बढेको सरोकारवालाहरुको तर्क छ । वातावरणिय प्रभाव मुल्याङ्कन गरेर सडक खन्ने चलनै नरहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकरीले बताए । अनिवार्य वातावरणिय प्रभाव मुल्याङ्कन गरेर मात्र सडक खन्नु पर्ने व्यवस्था भएपनि कानुनको खिल्ली उडाउँदै सरकार अगाडी बढेको देखिन्छ । विपद व्यवस्थापनका लागि बजेट विनियोजन कमै स्थानिय तहहरुले गर्ने गरेका छन् । ईन्जिनियर, प्राविधिक भन्दा डोजर चालक र समितीका अध्यक्ष तथा सदस्यहरुको तजविजमा खनिएका सडकहरु धेरै रहेको जानकारहरुको भनाई छ । यस्ता सडकका कारण विनाश बढि भएका छन् ।
हाल जिल्लाका ७५ वटै वडामा मोटर बोटो पुगेका छन् । तर जिल्लामा कति किलो मिटर सडक खनियो यो कुनै निकाय संग तथ्यांक छैन । वर्षौनी सडक खन्नकै लागि ठुलो रकम खर्च हुन्छ तर जिल्लामा कति किलोमिटर सडक खनियो यसको तथ्याङ्क कार्यालयमा नभएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ ।