घरभित्र पसेको भन्दै दलितमाथि कुटपिट ।

ओखलढुगां :सिद्धिचरण नगरपालीका ६ जन्तरखानीका एक दलितमाथि छिमेकीको घरभित्र प्रवेश गरेकै कारण कुटपिट भएको छ । दलित भएर घर भित्र प्रबेश गरेको भन्दै स्थानिय कुमार मगरले मईते विश्वकर्मालाइ कुटपिट गरी घाईते बनाएका हुन् ।
सोमबार साझ ५ बजे ब्यवहारिक कामले मगरको घरमा पुगेका उनलाई दलित भएर घर भित्रै प्रबेश गरेको भन्दै निर्घात कुटपिट गरेको पिडितका भाई शम्भु विश्वकर्माले बताए । कुटपिटबाट उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले मिसन अस्पताल ओखलढुगांमा उपचार भईरहेको छ । घटना हुन साथ ठाडे प्रहरी चौकीलाई खबर गरेपनि प्रहरीले बेवास्था गरेको पिडित पक्षको आरोप छ ।
यता ओखलढुगांका प्रहरी प्रमुख डिएसपि पुष्पराज मल्लले भने सोलुु एफ एमसगँ कुरा गर्दै घटनाको विषयमा मगंलबार विहान मात्रै जानकारी आएको बताए । दोषीलाई कानुन अनुसार कारबाही हुने सवालमा कुनै शंका नगर्न समेत उनले आग्रह गरे । कुटपिट गर्ने कुमार मगर भने फरार छन् । कानुनमा जातिय छुवाछुत गर्ने उपर जातिय छुवाछुत कसुर ऐन अन्र्तगत तिन महिना देखि ३ बर्ष सम्म कैद सजाय र ५० हजार रुपैया देखि २ लाख रुपँैया सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार