भीम रावलले भने ‘बाबुराम भट्टराई बिखण्डनकारी हुन्’

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले टीकापुरमा आएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाएर विखण्डनकारी काम गरेको आरोप लगाएका छन्।

बुधबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै नेता रावलले भट्टराईको अभिव्यक्ति देशमा पुनः विखण्डन निम्त्याउने किसिमको भएको बताए।

भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु नहुँने भन्दै आएको उल्लेख गर्दै नेता रावलले उनी जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाउनु परेको बताए।

टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने बताएका थिए। डा. भट्टराई र रावलबीच केही दिनदेखि ट्वीटरमा सबाल जबाफ हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार