नारायणी किनार ‘धन्यवाद सभा’मा हजारौं समर्थकहरुको भीड

सञ्चारकर्मी रवि लामिछाने र युवराज कडेल रिहा भए सँगै आयोजना गरेको धन्यवाद सभा कार्यक्रममा हजारौं समर्थकहरुको भिड लागेको छ ।

दुई बजे देखि सुरु हुने भनिएको धन्यवाद सभा प्राविधिक कारणले गर्दा केही ढिला हुन पुगेको छ , यद्यपि कार्यक्रम अहिले सुचारु भइसकेको छ।

पत्रकार शालिकरामको काण्डमा प्रहरी नियनत्रणमा रहेका हिजो धरौटीमा रिहा भएका छ।

उनको समर्थनमा देशैभरि हजारौं समर्थक सडकमा उत्रीएका थिए । आफू हिजो रिहा भए संगै लामिछानेले सहकर्मी दीपक बोहोराको फेसबुक मार्फत लाईभ आउँदै सबैलाई धन्यवाद व्यक्त गरेका छन् । आज आज दुर्इ बजे नारायणी नदी प्रदर्शनी स्थल धन्यवाद सभा गर्ने समेत जानकारी दिएका छन् ।

सबैलाई धन्यवाद दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ सबैलाई सहभागिताको लागी अनुरोध छ,लामिछानेले भनेका छन् ।

रिहा भए पनि लामिछाने देश बाहिर जान र यो विषयलाई कार्यक्रममा उठाउन भने पाउने छैनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार