रविका समर्थकलाई दुःख खबर लामिछाने र कँडेलको बयान भएन,आज पनि नछुट्ने

काठमाडौं । बयान नसकिएको हुनाले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको छ । आइतबार अस्मिता कार्की (रुकु)को मात्र बयान भएको छ । जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने कँडेलको भोलि (सोमबार) १० बजेबाट पुनः बयान सुरु गरिनेछ ।

आइतबार (आम) सरकारी वकिलको कार्यालयमार्फत चितवन प्रहरीले सञ्चारकर्मीद्वय लामिछाने, कँडेल र रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

भोलि बयान सकिएसँगै अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ । गत साउन २० गते चितवनको कङ्गारु होटेलमापत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

सोहीविषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार