रबि दाई छुट्नु हुन्छ भन्दै दीपक बोहोरा अदालतबाट निस्के

पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए। पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले। गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर झु न्डि एको अवस्थामा भेटियो।त्यसरी आ त्मह त्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भयो। त्यसपछि तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो।

अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ। बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ। आ त्मह त्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आ त्मह त्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।

त्यस्तै केहीबेर अघि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आ त्मह त्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए।

त्यस्तै न्युज २४ टेलिभिजन बाट प्रसारण हुने सिधा कुरा जनता सँग कार्यक्रमका प्रोडुसर दिपक बोहोरा पनि सहकर्मीहरुको रिहाइका लागि चितवन पुगेका छन् । आफ्ना सहकर्मीहरु पक्राउ परेपछि उनि चितवनमा पुगेका हुन् । अदालतबाट बाहिर निस्किएर पत्रकारहरुसंग कुरा गर्दै रवि आजै रिहाइ हुने सम्भावना धेरै रहेको बताए ।

बोहोरा अदालतबाट बाहिर निस्कने बित्तिकै पत्रकारहरुले घेरेर उनलाई रविको बारेमा सोधेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार