श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरमा एकजना पक्राउ परेका छन् ।

बिरामी भएको अवस्थामा समेत बलात्कार गरेको भन्दै भक्तपुर बस्दै आएकी एक महिलाले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरीले ती महिलाका श्रीमानलाई पक्राउ गरेको हो ।

रामेछापकी २५ वर्षीया ती महिलाले आफुभन्दा पाँच बर्ष जेठा श्रीमानले बिरामी अवस्थामा जर्बजस्ती बलात्कार गरेको भन्दै कारवाहीको माग गरेकी छन् । उनको जाहेरीका आधारमा श्रीमानलाई बिहीवार नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीले जाहेरी दिने महिलाको स्वास्थ्य परीक्षण गरेपछि श्रीमान भनिएका ती व्यक्तिलाई आज अदालत पेश गरेर अनुसन्धानका लागि अनुमति लिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार