रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ।
घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।
‘चितवनमा घटना भएको छ, उतैबाट प्रहरीले अनुसन्धान गरिरहेको हुनाले उहाँलाई सम्झाएर पठायौं, उहाँ जाहेरी लिएर चितवन जानुहुन्छ,’ सिंहले भने।
पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनावि रूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन्।
पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालावि रूद्ध जाहेरी दिएकी थिइन्।
पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आ त्मह त्या दु रूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।
पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आ त्मह त्या गरेका छन्।