सेनाले अधिकृत तहमा माग्यो २५० जनाका लागि दरखास्त, कति चाहिन्छ योग्यता ? [विज्ञापनसहित]

नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ ।

बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञापन :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार