उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने

सत्तारुढ नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने कार्यक्रम तय भएको हो ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसै क्रममा साउन १८ गते सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएर २७ गते उनी स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री ओलीले भने आफू स्वस्थ रहेको बताउँदै आएका छन् । मंगलरबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार