राष्ट्रिय बाणिज्य बैंक र ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच कर्जा सहकार्य सम्झौता

राष्ट्रिय बाणिज्य बैंक र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बाणिज्य बैंक र उद्योग ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैदेशिक रोजगारबाट प्राप्त
विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भइ सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा सघाउ पुयाउनुको साथै
रोजगारी श्रृजना समेत हुने बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ शाखा
कार्यालयबाट कर्जा लिन सकिने बताउनुभयो ।

आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोेदायित्व रहने बताउनुभयो । आयोजनाले मोरङ सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर,
ओखलढुङ्गा, खोटाङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा जिल्लामा कार्य गरिरहेको
उहाँले जानकारी गराउनु भयो ।

समारोहमा राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी र केशवप्रसाद लम्साल उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, आयोजनाका ग्रामीण वित विशेषज्ञ सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार