सिंहदरबार भित्र एक नायव सुब्बाले आ*त्मह*त्या गरेका छन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमा मृ*त अवस्थामा फेला परेका हुन् ।
मृतक केसीले कार्यालयभित्रै वि*ष सेवन गरेको आशंका गरिएको छ ।
सिंहदरबारको योजना आयोगका एक कर्मचारीले आ*त्मह*त्या गरेको खबर आएपछि प्रहरी अनुसन्धानका लागि त्यसतर्फ प्रहरी गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
सिंहदरबारभित्रै आ*त्मह*त्या गर्ने केसी को हुन् ?
राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा तत्कालिन राजदबारमा कार्यरत कर्मचारी थिए । राजदबारपछि सामान्य प्रशासन र परराष्ट्रको पासपोर्ट शाखा हुँदै राष्ट्रिय योजना आयोगमा नायब सुब्बाको रुपमा कार्यरत थिए ।
काठमाडाैंकाे टाैदहमा बस्ने केसीका पूर्वसहकर्मीका अनुसार परराष्ट्रमा भएका बेला सरकारी कर्मचारीको पासपोर्ट किर्ते गरेको मुद्दा उनीमाथि चलिरहेको थियो ।
पछिल्लो समय आयोगमा हालिमुहाली रहेका केसी योजना तथा कार्यसम्पादनमा अत्यन्तै सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा चिनिएको उनका सहकर्मी बताउँछन् ।