विमानस्थलमा प्रहरीमाथि दुर्व्यवहार गरेपछि पारस शाहले मागे माफी

आफ्ना छोरालाई प्रहरीले रोक्न खोजेपछि पूर्वयुवराज पारस शाह आक्रोशित हुदै सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरे पछि सामाजिक संजाल मार्फत पारस शाह को आलोचना चर्कियो । पारस शाह ले दुर्व्यवहार गरेको विषयमा प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ। यहि विषय मा चर्को आलोचना चलेपछि पारस शाहले माफी मागेका छन् र आफ्नो गल्ति बारे जनता ले मुल्यांकन गरुन भन्दै आफ्नो भावना व्यक्त गरेका छन् ।

पूर्वयुवराज पारस शाहले हिजो भएको घटनाको सम्बन्धमा फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन् उनले स्पष्टीकरणमा लेखेका छन् ” मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागे त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु!”

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार