सुमार्गीको ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ। प्राधिकरण बोर्ड बैठकले हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरेकाे हाे ।

रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ प्राधिकरणलाई बुझाउन भदौ १ सम्मकाे समय दिइएकाेमा नबुझाए पछि लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी लाइसेन्स पाएको कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार