चितवनमा प्रदर्शन राेक्न निषेधित क्षेत्र घाेषणा

भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसलाई भेला हुन निषेध गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले त्यस क्षेत्रमा आजदेखि प्रदर्शन र समूहमा भेला हुन नदिने भएको हो।

अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषितरुपमा निषेधित क्षेत्र बनाउन लागेको हो। चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ। उनले भने,‘विभिन्न क्रियाकलापका कारण यहाँ उपचारका लागि आउने विरामीले सास्ती पाएका छन्,आजदेखि यो क्षेत्रलाई शान्तीपूर्ण राखिनेछ।’ उनले प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गर्ने चेतावनी दिए।

पत्रकार सालिकाराम पुडासैनीकाे आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ परेपछि चितवनमा दिनहुँ प्रदर्शन हुँदै आएकाे छ। पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि निषेधित क्षेत्र घाेषणा गरिएकाे हाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार