पच्चीस लाखको लागतमा जिल्लाकै ठुलो कभर्ड हल निर्माण हुदैँ

रामपुर, पाल्पा, २९ असार । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल रु २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ ।

हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त नगरपालिकाको वडा नं ७ कठानस्थित बेलेआँपमा निर्माण गर्न लागिएको सो हलको शिलान्यास बिहिबार नगर प्रमुख रमणबहादुर थापाले शिलान्यास गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार