बाजुरामा गयो ४ रेक्टरको भूकम्प !

काठमाडौं, २९ असार । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ ।

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरेका छन्। भूकम्प गएपछि सदरमुकामकाबासीले होहल्ला मच्चाएका थिए। -रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार